कपालको धजिया उडाउने नेपालमा घरदेखी बाटोसम्मै भेटिन्छन्।
स्कुल पढ्दा लामो कपाल भएको केटा गुन्डा हुन्छ रे भन्ने सुन्न आएको थियो। लजिक सिकाउने ठाउँको यो बेमत्लबी कुराचाइ कहिल्यै बुझ्न सकिन। टीचरहरु भने पुरा पावर ट्रिपमा जान्थे, कपाल लुछ्न पाएपछी। बाटोमानी पूलिसले लामो कपालवाला केटाहरुलाई समातेको त सधैं सुनिआएको नै हो।
नेपाल त ठिकै हो अम्रिका गएसी हल्का चिल हुन्छ भनेर कपाल पालेको त के हुन्थ्यो! हजुरबाले फोनमा कुरा गर्दा, कपाल काट्न धेरै पैसा परे म पठाईदिन्छु पो भन्नुभयो त बा! इछया भन्ने कुरा त बुझ्दै नबुझ्ने। एस्तो धेरै भएपछी आफुलाई नि दिक्क लाग्यो अनी साथीलाई जस्तोसुकै बना भनेर कपाल काट्न लाइदिए।
मैले कपाल काटेको केही महिना भयो। तर कपालको अट्ट्याक आज नि रोकिएन।
“तेस्को कुर्लुङ कुर्लुङ कपाल हेर्स्यो न।” बहिनिले मेरो कर्ली कपाल तिर देखाउदै भनी।
“तरुलको जरा जस्तै छ।” भनेर मामु आफ्नो फोन तिर हेर्न लाग्स्यो।