सिरकूस एरपोर्टमा एउटा खैरे पुलिस अफिसर थियो। अम्रिकामा तिनिहरुलाई टिएसए एजेन्ट भन्छन। केकेन संसार जितेको जस्तो ‘एजेन्ट’ रे!
त्यो पुलिसले मलाई हेर्यो। मैले मेरो पाली आयो भन्ने बुझेँ। पास्पोर्ट र बोर्डिङ पास दिए ब्रोलाई। ब्रोले पास्पोर्टमा हेर्यो अनी तेस्पछी आँखा मतिर फर्कायो।
“यु आर फ्रम नेफोल? नट अ शेर्फा आर यु?”
प्रश्नले म एक्छिन अकमक्क भए। केही समय अघी सम्म त टेरोरिस्ट हो कि भनेर साइडमा लगेर चेकजाँच गर्छ भनेर डराइरहेको थिए। बच्नकोलागी हिजो बेलुका नै दारी नि काटेको थिए। घरजाँदा शायद धेरै ल्याङ्ल्याङ गर्दैन भनेर पनि सोचेको थिए तर शक्ती भाको खैरेको के भर!
तर प्रश्न त बेग्लै प्रकारको पो आयो।
मैले खैरे पाराको हाँसो दिँदै उत्तर टक्राए- “नो नो,आई एम नट वान अफ देम।”
“आई थट सो! दे आर शोर्ट,” मेरो लामो जिउलाई टार्गेट गरेर तलदेखी माथि आँखा डोहोर्याउँदै भन्यो दोस्तले।
“यस, यस,” चित्त नबुझेपनी होमा हो भन्नै पर्यो।
“अल राइट यू ह्याब अ सेफ फ्लाईट” भनेर मेरो पास्पोर्ट र बोर्डिङ पास फर्कायो।
खैरेहरुलाई टेरोरिस्ट नि हामी, शेर्पा नि हामी। यस्तै हो भनी, हिंडे बोर्डिङ टर्मिनलतिर।