पुषको घामको आनन्द नलिने शायद हामीमध्ये कम नै होलान। तेइ पुषको घाम सोस्दै रुप र म स्कुलको बोइज टोइलेट अगाडि गफ गरिरहेका थिएम। हुन त टोइलेटको गन्ध ठ्वास्स अलिअली आइरहेको थियो तर पनि स्कुलको केटाहरुको फेव्रेट ह्याङ आउट स्पट नि यही थियो।
“के गर्छस त एसेल्सी पछी?” रुपले मलाई सोध्यो।
“थाहा छैन यार। फ्युचर एकदम टाढा छ जस्तो लाग्छ,” गफ दिए मैले।
“ठिकै हो।” त्यती भनेर हामी दुबैजना केही समय शान्त भयौँ।
“त चाइ के गर्छस नि जिन्दगीमा?” मैले सोधेँ।
“मेकानिकल इन्जिनीरिङ्ग गर्नु मन्न छ। अलिकती स्कोप नि छ त्यो फिल्डमा।”
“ठिक छ।”
हाम्रो गफगाफ यस्तै हुन्थ्यो। पन्ध्र बर्ष पुगेको छैन, चालिस बर्ष हुँदा के गर्ने कुरा हुन्थ्यो। गफपनी हल्का बुडो पाराको।
गल्ती कस्को हो त्यो पत्तो पाउनै गाह्रो भयो। हामी नै धेरै हिरो पल्टेर गफ ठोकेको हो कि, हाम्रा ठुलाबडा कहलिएकाहरुले सधैं के बन्छस भनेर सोच्न लाएर हो।
जेहोस् फर्केर हेर्दा हामीबाट अलिकती बाल्यकाल छिनियो जस्तो लाग्छ। दोशचाइ कल्लाई दिम, आई डोन्ट नो।