चिसो हिउँको माझ
यो न्यानो कोठामा
काठमाडौं पोस्टमा
आफ्नो शहरको
फोटो पल्टाउदै,
रोकिदै, हेर्दै,
रोकिदै, हेर्दै,
बित्दैछ यो रात।
मौका मिले
पढ्नु छ
भुपी दाईको
अर्को किताब
र लक्ष्मीब्रोको
निबन्दसङ्ग्रह
जुन न मैले कहिल्यै पढे —
पढु नि किन?
अङ्रेजी जो रटाँउथे
डीमेरिट कार्डको डरले
यो नयाँ गितार
मेरो साथी बनेर
साथ दिन्छ
बार्तिकाको गीत गाउँन
र भन्दछु तेस्लाई
हेर सोल्टी
एक्दिन तिमी नि देख्नेछौ
मेरो काठमाडौं।