ambivalent encounter (iv)

हुन त म त्यस्तो सारो धार्मिक मान्छे हैन तर मलाई मन्दिर जान साह्रै रहर लागिरहेको थियो। अम्रिकामा जताततै चर्च देखिन्छन तर तेस्बाहेक अरु कुनै धर्मको प्रर्थना गर्ने ठाउँ देखिदैन। शायद नेपालमा पनि हिन्दू बाहेकका अरु धर्म मान्ने मनिषहरुलाई नि यसो नै लाग्दो हो। तर एस्पाली न्यू योर्क गाको बेला मन्दिर जाने अवसर पर्‍यो। ज्याक्सन हाइट्स भन्ने ठाउँमा। अरु के चाइयो र, म र मेरो साथी पूजा गयौ मन्दिरमा पूजा गर्न।

मन्दिरको नाम थियो सत्य नारायण मन्दिर। मन्दिर त कूल रइछ जस्तो लाग्यो – तेस्को त वेबसाईट नि रहेछ! वेबसाईटमा हेर्दा त यो केवल हिन्दू मन्दिर मात्र नभएर गुरुद्वारा नि रहेछ। मनमा बिचार आयो “ओहो प्रोग्रेसिव रहेछ त यो मन्दिर।” एक लट गएरै हेर्नै पर्ने भयो अब।

सत्य नारायण मन्दिर भित्र चिरेको मात्र के थियम, पुरा बातावरण साउथ एसिअन टाइप भयो। हिन्दू देवताका मुर्तिहरु, सिख धर्मावलम्बीहरुका लागि बिचमा प्रर्थना गर्ने ठाउँ, धुपको सुगन्ध, र प्रसादकोलाई राखेको स्याउ र केराहरु। साथ्साथै साइडमा दुइजना महिला हिन्दीमा कुरा गर्दै थिए। बहुत गज्जब लागिराथ्यो।

साथी र म एक राउन्ड हान्यौ। साथीले चै दर्शन गरिन्, म चाइ बातावरण नियालेर बसे। साथीको दर्शन सक्केपछी हामी आएर मेचमा बस्यौ। बिस मिनेटमा रातिको आरती हुन लागेको थ्यो, त्यो नहेरी जाने कुरै भएन।

हामी बसेर ह्याङ आउट गरिरको थियम, दुइजना मध्ये एकजना महिला आएर हाम्रो छेउमा बस्नुभयो। “पन्डित्नीलाई अल्छि लागेछ क्यारे, मलाई राखेर दुई घण्टा गफ गरिन्। बाबु नानी कहाको?” हामी त एक्छिन अकमक्क भएम। अघीसम्म हिन्दीमा बोलेको आमा एक्कासी आएर हामीसँग नेपालीमा बोल्दा। हामीले हामी कहाबाट आयौँ भन्यौँ अनी आमाले नि पुरा नेपाली पारामा हाम्रो हिस्टोरी डिकन्स्ट्रक्ट गर्न थाल्नु भयो। हामी नि तयार थियौ – पुरा डिपलोम्याटिक उत्तर दिन थालयौँ।

“दुइ बर्ष हुन थाल्यो अमेरिका आएको नानीहरु। एक्जना छोरा यता छ। तर परिवार भएर नि के गर्नु, नेपाल नै रमाइलो। यता त एक छाक खाना नि परिवारसँग खान गाह्रो हुदो रइछ। झन हामी जस्तो बुडाबुडीहरुलाई त झन के काम यो देशमा। तेइ भएर एक्छिन भगवानको दर्शन गरम् भनेर आएको। तिमीहरु राम्ररी पढ्नु, तिमीहरु सेर्विस गर्ने मान्छे भविस्यमा, यो देश तिमीहरुको लागि हो।”

हामी नि आमैको बिचारमा हसमा हस मिलायौ। अरु बातचित भयो आमासँग। हल्का कास्टिस्ट कुरा नि गर्नु भयो। तितो मनले भए पनि हो भन्नै पर्‍यो। अन्तिममा आरती भयो अनी हामी आमासँग बिदा मागेम। आमैलाई के थाहा आफ्नो मनमा त वहाँलाई जस्तै नेपाल नै प्यारो भनेर।

हाँस्दै आएम साथी र म ज्याक्सन हाइट्सबाट घर क्राउन हाइट्समा।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s