गूडुङगूडुङ गर्दै ‘इ’ ट्रेन आइपुग्यो रूसवेल्ट आवेनु ज्याक्सन हाइटमा। म ट्रेनबाहिर निस्के अनी बाहिर जाने बाटो खोज्न थाले। त्यो प्रयासको बिच फोन एक्चोटी खोलेर हेरे, साथीको टेक्स्ट आएको छ कि भनेर। “आई टूक द रङ ट्रेन, विल बि देर इन अ बिट”। इन अ बिटमा नै आइपुगिन् साथी। हामी नजिकैको एक्जिटबाट तल झर्यौ बाटो तिर।
ह्वास्स बास्ना आयो खानको। चानचुने खाना हैन नि फेरी। ईण्डियन, बाङ्लादेशी, मेक्सिकन, र नेपाली खानाको। कहाँ अैपुग्यौ हामी? के यो दक्षिण एसिया हो? कि मेक्सिको? यो त हुनै सक्दैन, कसरी आयो न्यू योर्क सिटीमा एस्तो मौलिक र शान्दार बास्ना?
अनी अरु के नै गर्नु थियो र? लाग्यौ हामी दुई नेपाली खाजा घर तिर। अनी साथीहरुले गर्नु भनेको जस्तै पड्कायौ थालि- चिकेन थालि टु बि स्पेसिफिक।
गोरेले सामाजिक र आर्थिक शक्ती बोकेको देशमा ग्वामग्वाम खायौ नेपाली दालभात।
आमाले बनाउने जस्तै थियो। शायद त्यस्तो नि हैन होला। रेसिजम भोगेको दुखित मनले घरको जस्तै खाना पाएपछी के चाइयो अरु? अलिकती टिमुरको छोप भएको भए अझै काइदा हुन्थ्यो।