हजुरआमाले भन्नुहुन्थ्यो
“दिमाख चलाऊ”
चल्न त चल्छ नि दिमाग
तर हल्का चाइने भन्दा धेरै नै।
उदाहरणकोलागी
सुन्दै छु लन्डन ठुमकदा
जब पढ्छु Tyler Bourdieu र Sherry Ortner
मनमा छ साथी र परिवारको याद
अगाडि छ पाकिस्तानी-अमेरिकन साथी
खाँदै छौ बदाम
र छेउमा रहेको बोतलको पानी
ल भन अब
दिमाग कत्तिको चल्छ
उत्तर हो
तात्तिने गरी!