पानीको छिटा म माथि पर्छ
भिजेको कपाललाई अझै भिजाउँछु
रुखको हाँगाझै लहराउदै
बग्न दिन्छु खोलाझैँ पानी
म हराउँछु कता खै
केही कुराको छैन मतलब
तर रमाइलो लाग्छ
दुई छिनको रमाइलो
दिमाग किन दुख्छ एती धेरै
साथमा मुटु पनि त्यस्तै
सरीर सुस्ताइसक्यो
निन्द्रा त खै कता गयो?
अनी सोध्छन ठिटाठिटीहरु
हाउ आर यु?
म भन्छु अल गूड
तर के थाहा तिनिहरुलाई