काठमाडौंबाट २५ घण्टा टाढा
थियो एउटा गाउँ
पहाडको बिचमा
निकै राम्रो ठाउँ
हिड्दै गर्यौँ हामी आली आलिमा
भेटिए घरमा बा
बाको त्यो मिठो बोलिले
हरायो सबै थकाई
बनाएर ल्याए मिठो चिया
अनी सुरु भयो
हाम्रो गफ
मर्क्सिजम, पूँजीवादी, decentralization
भयो सबै कुरा
आनन्दका साथ सुनियो
बाका गन्थनमन्थन
बा थिए गाउँका ठुलो नाम
सुख दु:खका कथाका खानि
गाउँका मुखिया भन्दा थिएनन कम
सबैको प्यारो बा
भोली पल्ट बाले बोलाए
अगाडि भुटेको मकै भटमास
पलेटी मारेर बस्यौ अगाडि
अनी सुरु भयो बाको गफ
सुनाउन थाले world politicsका कुरा
जानेका थिए जुन रेडियोबाट
अनी बिस्तारै गफै गफमा मोडियो कुरा
कान्छो छोरो काठमाडौंमा
माइलो कतारमा
हुर्काएका थिए बुटवलमा
ब्यापार गरेर
भन्न थाले
“ए भाईहरु, तिमी मेरो छोरा जस्तो”
“पुर्याउदेउ मेरो कान्छोलाई अमेरिका”
अनी बग्न थाले आसुँका धारा
बाको त्यो सधैंँ हसिँलो मुहारबाट
साथी र मैले भन्यौ, “ए नरुनु बा”
“किन रुनुभाको?”
आँसु पुछ्ने प्रयासमा सुनाउन थाले
छोराको कठिनाई
गाउँको बाझो खेत
र चुरोटले जलेको छातीको कथा
बा
world polticsका expert
र
सुनौलो कथाका खानि, अनी
एक आम नेपाली